भुलाउन सजिलो भएको भए ...

पिउन त छोडेको थिए 

तर फेरी तिम्रो याद आयो ।

पुराना अतितका दिनहरु भुलाउन

हातले बोतलको साहारा लिन थाल्यो ।

 

दिनमा त एता उति झुलिएर 

मस्तिकले नयाँ नयाँ कथाहरु कोर्न थाल्यो । 

तिम्रो सम्झनाहरुले गर्दा  रातमा 

आजकाल एक्लोपनाले पनि सताउन थाल्यो । 

 

सम्झनाहरु मेटाउन मिल्ने भएको भए

सायद रात पनि क्षेणिक भरको हुन्थियो होला ।

भुलाउन त्यती सजिलो भएको भए

यो मनमा अर्कैको बास पनि बस्थियो  होला ।


लेखक: राजेश श्रेष्ठ 

Comments

Popular posts from this blog

Skills to Learn by Students before Going to Abroad for Study

What To Do Next ?

लक्ष्य